image
image
नेपालगञ्ज फोटो फेस्टिभलका लागि फोटो प्रतिस्पर्धा खुला: आवेदन आह्वान

नेपालगञ्ज फोटो फेस्टिभलका लागि फोटो प्रतिस्पर्धा खुला: आवेदन आह्वान

काठमाडौँ।  चौथो नेपालगञ्ज फोटो फेस्टिभलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति असोज १७ गतेसम्म रहेको आयाेजकले जनाएकाे छ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिभलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिनेछ।

९ वटा विधामा फोटो प्रतिस्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लबका पूर्व अध्यक्ष विकास काकीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछ।

फोटो प्रतिस्पर्धामा रहेका विधाहरु समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माइल रहेका छन्। हरेक विधामा १ जना व्यक्तिले २ वटासम्म फोटो पठाउन सक्नेछन्।

अन्तरालको अफिसियल वेबसाइट अन्तराल.कम लगइन गरेर फोटो पठाउन सकिनेछ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘सिङ्गो नेपाल झल्किने फेस्टिभलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ। यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ।’

फेस्टिभल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ। यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ।

साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणकालागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ। जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउने छन्। फेस्टिभलपछि फोटोहरु राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ।

फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस वर्षदेखि दोब्बर वृद्धि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्‍याइएको छ। पुर्याइने भएको छ।

यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ। यस अवार्ड विजेताले ५० हजार १ रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।