संविधानले दिएको स्वतन्त्रता उपयोग गरेर भविष्य सुरक्षित गर्नुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै, अहिलेको संविधानले सबैलाई अधिकार सम्पन्न गराएको र सबै वर्ग, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मको भावनालाई संरक्षण गरेको बताएका छन्। उनले दशकौं लामो संघर्ष र सयौंको बलिदानबाट प्राप्त संविधानले जनतालाई स्वतन्त्रता दिएको र यसलाई संरक्षण गरेर मात्रै अधिकारको रक्षा गर्न सकिने बताए। ओलीले निरंकुश शासनको पीडा बिर्सन नहुने भन्दै, यही संविधानले दिएको स्वतन्त्रता उपयोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन्।