image
image
"महिला भलिबल: नेपाल पुलिस क्लब आज उज्वेकिस्तानको हुमो भिससँग भिड्दै"

"महिला भलिबल: नेपाल पुलिस क्लब आज उज्वेकिस्तानको हुमो भिससँग भिड्दै"

काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले आज उज्वेकिस्तानको हुमो भिस क्लबको सामना गर्ने भएको छ। 

माल्दिभ्समा आज सुरु हुने च्याम्पियनसिपमा पुलिस क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेको हो। त्यसअघि आजै हुने उद्घाटन खेलमा श्रीलंकको स्लाफ र माल्दिभ्सको वाम्कोबीच प्रतिस्पर्धा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले जनाएको छ। 

नेपाल पुलिस क्लबले सेप्टेम्बर १६ मा श्रीलंका एयर फोर्स, १७ मा तजाकिस्तानको भिसी डाइमेड, १८ मा माल्दिभ्सको क्लब वाम्को र १९ मा माल्दिभ्स पुलिस क्लबको सामना गर्ने छ। 

पुलिसले यस प्रतियोगिताका लागि मात्रै भनेर विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।