धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
काठमाडौँ ।धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका वडा नं. ७ स्थित पोखरीमा बुधबार साँझ तीनजना बालकको डुबेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार, तीनवटै बालक भोज खानका लागि पोखरीमा आएका थिए।
मृत्यु हुनेमा लक्ष्मिनीयाँ ७ का दिलीप कुमार साहको अन्दाजी ८ वर्षीय छोरा आयुषकुमार साह, सबैला नगरपालिकाका १ का परशुराम साहको अन्दाजी १२ वर्षीय छोरा शुशान्त कुमार साह र महोत्तरीको बर्दिबास नगरपालिका ६ का सरोजकुमार साहको अन्दाजी ९ वर्षीय छोरा आदित्य साह समावेश छन्।
बुधबार साँझ नानाको बुवाको पुन्य तिथीमा भोजका लागि पोखरीको नजिक पुगेका ती बालकले पानी पस्केर पोखरी तिर लागेका थिए। करिब आठ बजे उनीहरूको शव पोखरीमा फेला परेको प्रहरी निरीक्षक साहले जानकारी दिए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ। स्थानीयवासी र प्रहरीसमेतले गहिरो दुःख प्रकट गरेका छन्।