विष्णुमति नदीले पार गर्यो जलसतह, सतर्क रहन आग्रह
काठमाडौं- काठमाडौंको विष्णुमति नदीले जलसतह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।
विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।