अर्घाखाँचीको खोलाले बगाउँदा एकको मृत्यु, एक जना बेपत्ता
काठमाडौं ।अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन् ।
शितगंगा नगरपालिका–१३, सिमलपानीमा खोलाबाट निस्किएको छहारामा फोटो खिच्नेक्रममा खोलाले बगाउँदा कपिलवस्तुको बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्याही ठाउँका २३ वर्षीय किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो कपिलवस्तुबाट घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको थियो तर पनि दुई जना पौडिएर बाँच्न सफल भएका छन् ।
दुई जनालाई खोलाले बगाएको थियो । खोजतलास गर्ने क्रममा उमेशको शव झरना भन्दा पाँचसय मिटर तल खोलामा उमेश मृत अवस्थामा भेटिएका थिए। किशोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले बताए ।