सरकारलाई बालेनको चुनौतिः ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको पोस्ट हटाएको विषयमा प्रतिक्रिया दिएका छन्। बालेन्द्र शाहले एमाले प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको आरोप लगाएका थिए।
उनका अनुसार,प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण र यातना दिएको बालेनको दाबी थियो । उक्त पोस्ट आज फेसबुकबाट हटेको थियो । सो पोस्टबारे बालेनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार ।
साथै, उनले आफू गलत हो भने आफूलाई समाएर देखाउनसमेत सरकारलाई चुनौति दिएका छन् । होईन भने दोषी समाउन सरकारलाई उनले दवाब दिएका छन् । ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ,’– उनले भनेका छन् ।