image
image
रेखा  शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो

रेखा शर्माको फोटोसहित बालेनले राखेकाे स्टाटस फेसबुकबाट हट्यो

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस हटेकाे छ। आइतबार साँझ, मेयर बालेन्द्र  शाहले एमाले सांसद रेखा शर्मालाई सम्बोधन गर्दै, सांसद रेखा शर्माले बाल श्रमशोषण गरेको र त्यस सम्बन्धी कानूनी कारबाही किन गरिएको छैन भन्ने कुरा उठाएका थिए।

सो स्ट्याटस अहिले मेयर शाहको फेसबुक पेजबाट हटेको छ।

उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना बालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईँको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईँको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने ? कि नसमाउने ?,

फेसबुकमा राखिएको यो स्ट्याटस अहिले हटाइएको छ, तर यही स्ट्याटस मेयर शाहको एक्स (पूर्व ट्विटर) पेजमा अझै पनि उपलब्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।