image
image
नारायणगढ–मुग्लिन सडकका पुल दशैंअघि सञ्चालनमा ल्याइने तयारी

नारायणगढ–मुग्लिन सडकका पुल दशैंअघि सञ्चालनमा ल्याइने तयारी

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको काली र नाम्सी खोलाका पुलहरू दशैं अघि सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार, पुलहरूको कालोपत्रको काम मात्र बाँकी छ।

सडक खण्डमा १९ पुलमध्ये १५ वटा निर्माण भइसकेको छ। चार पुल सन् २०२० मा बनाइएको थियो, र बाँकी दुई तुइन र खहरे खोलाका पुल कात्तिक महिनासम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।

तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । यो सडक राजधानी छिर्ने र बाहिरिने मुख्य सडक हो । विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।