image
image

 भारतमा पछिल्लो २४ घण्टामा ३ लाख बढीमा कोरोना संक्रमण,२१०४ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख १४ हजार ८३५ जनामा संक्रमण देखिएको हो ।  संक्रमण पुष्टि भएको यो संख्या हालसम्म कै सबैभन्दा धेरै हो।

यस्तै, एकैदिन २ हजार १०४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

हालसम्म भारतमा १ करोड ५९ लाख ३० हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ८४ हजार ६५७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय भारतमा दैनिक दुई लाख संक्रमण पहिचान भइरहेका थिए। आज भने ३ लाखभन्दा बढीमा संक्रमण देखिएको हो। हाल भारतमा २२ लाख ९१ हजार ४२८ सक्रिय कोरोना संक्रमित रहेका छन्। आउने दिनमा संक्रमितको संख्या वृद्धि हुने अनुमान गरिएको छ। हाल संक्रमण बढेसँगै भारतका कयौं राज्यहरुमा लकडाउन लागू गरिएको छ। अस्पतालहरु बिरामीले भरिएका छन्। भारतको स्वास्थ्य क्षेत्र कोभिड १९ का कारण अस्तव्यस्त बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।