image
image
श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित

श्रीलंकाका क्रिकेटर डिकवेला डोपिङ टेस्टमा फेल, अनिश्चितकालका लागि निलम्बित

काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् ।डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी(डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ । 

थप अनुसन्धान भइरहेकोले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ ।श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।

हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया,डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी२० सिरिजका लागि टिममा सामावेश गरिएको भएपनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् ।डिकवेलाले श्रीलंकाका लागि टेष्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी–२० मा ४८० रन बनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।