image
image

२५ जना बढी भेला नहुन धितोपत्र बोर्डको निर्देशन 

काठमाडौँ ०८ वैशाख । नेपाल धितोपत्र बोर्डले  पूँजी बजार सम्बद्ध कार्यालयलाई २५ जना बढी भेला नहुन निर्देशन दिएको छ । कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि देखिन थालेपछि सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धि मापदण्ड पूर्ण पालना गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । 


त्यस्तै बोर्डले नेप्से, ब्रोकर, र क्रेडिट रेटिङ संस्थालाई निर्देशन दिँदै कार्यालयस्थलमा सेवाग्राही तथा कर्मचारीहरूलाई मास्क, सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन भनेको छ । साथै सभा, सम्मेलन, गोष्ठि, सेमिनार, बैठक, तालीम, प्रशिक्षण जस्ता क्रियाकलाप भौतिक रुपमा नभई भर्चुअल माध्यमबाट मात्र सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।