पाल्पाको दशवटै स्थानीय तहमा पुग्यो टेलिकमको फोरजी सेवा
काठमाडौं । नेपाल टेलिकमले पाल्पा जिल्लाका दशवटै स्थानीय तहमा आफ्नो आधुनिक सेवा फोरजी पुर्याएको छ । फोरजी नेटवर्क कभरेजसँगै जिल्लाको समग्र स्थानीय तहमा प्राविधिक विकासका साथै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल टेलिकम दूर सञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालका अनुसार पाल्पाको सबै स्थानीय तहमा उपकरण जडान कार्य सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको जानकारी दिए ।
कार्यालयका इन्जिनियर विशाल भण्डारीका अनुसार फोरजी कभरेज नभएका केही नयाँ स्थानमा पनि फोरजी विस्तारका लागि सर्भे तथा जडानको काम भइरहेको छ ।
कसरी थाहा पाउने फोर जि नटवर्क ?
ग्राहकले *333# डायल गरी आफ्नो सिमले फोरजी सपोर्ट गर्छ/गर्दैन चेक गर्न सक्नेछन् । सिमले फोरजी सपोर्ट गरेमा ५०० एमबी निशुल्क डेटा प्राप्त गर्नेछन् भने सपोर्ट नगरेमा नजिकैको टेलिकम कार्यालयमा गई निशुल्क फोरजी सिम लिन सक्नेछन् । विद्यार्थीहरुका लागि भने टेलिकमले निःशुल्क रुपमा नयाँ फोरजी सिम उपलब्ध गराईरहेको नेपाल टेलिकम पाल्पाका सुचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिए ।
के के छ सुविधाहरु :
हाल फोरजी इन्टरनेट सेवा स्टे कनेक्टेड प्याक अन्तर्गत १०० रुपैयाँमा ४ जिबी र २०० रुपैयाँमा १० जिबी डेटा उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ । यस्तै फोरजी प्याकमा खरिद गरिएको डेटा बराबर नै बोनस डेटा उपलब्ध गराइएको छ ।