image
image
बलिउड अभिनेता राजपाल यादवको करोडौं सम्पति बैंकले जफत गर्यो

बलिउड अभिनेता राजपाल यादवको करोडौं सम्पति बैंकले जफत गर्यो

 

काठमाडौं । बलिउड सिनेमाका पारखीले राजपाल यादवलाई नचिन्ने कमै होलान ।  उनले बलिउड सिनेमामा गरेको कमेडीहरु अझै पनि उत्तिकै ब्लकबस्टर र यादगर रहेका छन् । जसलाई राजपाल यादवको कमेडी हेरको छ, सम्भवतः उनलाई कसैले पनि भुल्न सक्दैन् । 

 तर, के तपाईलाई थाहा छ, उनै लोकप्रिय कलाकार यादव भने जेल यात्रामा पनि जानु परेको थियो,  बैंकले बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति हालै जफत गरेको थियो । 

यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ । यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् ।

 फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ ।

 मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन। सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।

 यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए । दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो । राजकुमारले सन् २०१० मा यो ऋण लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।