image
image
ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार

ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार

काठमाडौं । पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अरशद नदीमले स्वर्ण पदक जिते पछि देशभर चर्चा परिचर्चा भईरहेको छ । अर्शद नदीम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए । 

 तर के तपाईलाई थाहा छ स्वर्ण पदक जित्ने अरशद नदीमले कति पुरस्कार पाए ? वास्तवमा अरशद नदीमले ५० हजार डलर पुरस्कार राशि पाएका छन । जो पाकिस्तानी रुपैयाँमा यो मूल्य १ करोड ४० लाख रुपैयाँ हुन आउँछ ।

उल्लेखनीय छ कि पाकिस्तानले लगभग ३२ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । यसअघि पाकिस्तानले अन्तिम पटक सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा पदक जितेको थियो। ओलम्पिक इतिहासमा पाकिस्तानले अहिलेसम्म ४ स्वर्ण जितेको छ । यसअघि पाकिस्तानले हक्कीमा तीनवटै स्वर्ण जितेका थियो ।

तर यसपटक भाला थ्रोमा अशरफ नदीमले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडीले व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको यो पहिलो पटक हो । साथै, पेरिस ओलम्पिकमा अशरफ नदीमले नर्वेका एन्ड्रियास टीको कीर्तिमान तोडेका थिए । सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टीले ९० दशमलव ५७ मिटर थ्रो थ्रो गरेका थिए तर अहिले अशरफ नदीमले उक्त कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।