श्रीलंकाले २७ वर्षपछि जित्यो भारत विरुद्ध एकदिवसीय सिरिज
काठमाडौं । श्रीलंकाले अन्तत २७ वर्षपछि भारत विरुद्ध एकदिवसीय सिरिज जितेको छ। घरेलु टोलीले कोलम्बोमा भएको तेस्रो एकदिवसीय खेलमा भारतलाई १ सय १० रनले पराजित गर्दै तीन खलको सिरिज २-० ले जित्न सफल भयो।
श्रीलंकाले १९९७ पछि सिरिज जित्ने क्रममा बुधबार कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो। जवाफमा भारत २६.१ ओभरमै १ सय ३८ रन बनाउँदा अलआउट भयो। भारतका लागि कप्तान रोहित शर्माले ३५ रन बनाउ सर्वाधिक रह्यो।
उनी बाहेक वासिंगटन सुन्दरको ३० रन बनाउँदा विराट कोहलीले २० रन बनाए। थप दोहोरो स्कोरका रुपमा रियान परागको १५ रन रह्यो। भारतलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका दुनिथ वेलालगेले ५ विकेट लिंदा महिश थिकसना र जेफ्री भेन्डर्सेले २-२ विकेट लिए। अर्को १ विकेट असिथा फर्नान्डोको नाममा रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सानदार सुरुवात गरेको थियो। उसका लागि ओपनर आभिस्का फर्नान्डोले ९६ रनको इनिङ खेले। उनी शतक बनाउन ४ रनले चुके। पहिलो विकेटका लागि फर्नान्डोले पथुम निसंका सँग ८९ रनको साझेदारी गरे। निसंका ४५ रनमा पहिलो विकेटका रुपमा पेभिलियन फर्किएका थिए।
त्यस्तै दोस्रो विकेटका लागि कुशल मेन्डीसँग फर्नान्डोले ८२ रनको साझेदारी गरेका थिए। कुशल मेन्डीस ५९ रनमा आउट भए। त्यसपछि मध्य क्रम लगातार विकेट गुमाउन पुग्दा कमिन्दु मेन्डीसले २३ रनको नटआउट इनिङ खेलेका थिए। भारतका लागि रियान परागले ३ विकेट लिंदा मोहम्मद सिराज, अक्षर पटेल, वासिंगटन सुन्दर र कुलदिप यादवले समान १-१ विकेट लिए।









