image
image
भारतको केरलामा बाढी र मुस्खलनः  मृत्यु हुनेको संख्या १७८ पुग्यो

भारतको केरलामा बाढी र मुस्खलनः  मृत्यु हुनेको संख्या १७८ पुग्यो

काठमाडौं । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ ।प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हाल ८८ राहत  शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।