image
image
काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा

 

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३ः१५ बजे सुरु हुनेछ । बिहीबार नै भारत र इरान पनि ५ः४५ बजेदेखि खेल्दै छन् । 

नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् । बुधबार भएको प्रि(म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् । मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो । 

श्रीलङकाले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ । नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङकालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ ।  मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।