image
image
संसदीय समितिमा गएनन् प्रधानमन्त्री ओली

संसदीय समितिमा गएनन् प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन् । समिति सभापति रामहरि खतिवडाका अनुसार प्रधानमन्त्रीलाई पत्र पठाएर उपस्थित हुन भनिएको थियो । तर प्रधानमन्त्री ओलीले आफ्नो स्थानमा गृहमन्त्री रमेश लेखकलाई बैठकमा पठाएका थिए ।

‘प्रधानमन्त्रीलाई समितिले आमन्त्रण गरेको रहेछ । उहाँको कार्यव्यस्तता र विषय ज्यादा गृह मन्त्रालयसँग सम्बन्धित रहेकाले प्रधानमन्त्रीले मलाई पठाउनु भयो,’ लेखकले समितिको बैठकमै भने ।

प्रधानमन्त्री ओलीले पनि आफू समिति बैठकमा उपस्थित हुन नसक्ने पत्र पठाएका थिए । सभापति खतिवडाले बैठकको अन्तिममा प्रधानमन्त्रीको पत्र प्राप्त भएको जानकारी गराए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।