image
image
इजरायली फुटबल मैदानमा रकेट आक्रमण : २० जनाको ज्यान गयो, २९ भन्दा धेरै घाइते

इजरायली फुटबल मैदानमा रकेट आक्रमण : २० जनाको ज्यान गयो, २९ भन्दा धेरै घाइते

काठमाडौं । इजरायली कब्जामा रहेको गोलान हाइट्सका रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो । ज्यान गुमाउने १० देखि २० वर्ष उमेर समूहका रहेका छन् ।

सिरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको गोलान हाइट्स इजरालको कब्जामा रहेको छ । लेवनानी लडाकु समूह हिजबुल्लाहले आक्रमण गरेको इजरायली सुरक्षा फौजले दाबी गरेको छ । इजरायल–गाजा युद्धपछि हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । तर गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो ।

यसैबीच हिजो इजरायलले गाजामा फिल्ड अस्पताल रहेको एउटा विद्यालयमा आक्रमणमा गर्दा कम्तीमा ३० जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको नागरिक प्रतिरक्षा निकायले विद्यालयमा शरण लिएका झन्डै चार हजार विस्थापित मानिस बसिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।