image
image
टी–२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो

टी–२० विश्वकपमा आइसीसीलाई ठुलो घाटा, छानबिन समिति बनायो

काठमाडौं । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ ।आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन् । 

न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आईसीसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।आईसीसीले दिएको जानकारी अनुसारयो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछन् ।

अमेरिकामा भएका खेलहरुमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन् । ड्रप–इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आईसीसीको समस्याहरू थपेको थियो । त्यस्तै विश्वकप आयोजनका क्रममा भएका विभिन्न टेन्डरको अवार्डमा पनि आशंका गरिएको छ ।

समितिले आईसीसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ । आईसीसीका प्रतिस्पर्धा प्रमुख क्रिस टेटलीले यसअघि नै राजीनामा दिएका छन् । तर, हरेक वर्ष आयोजना हुने ठूला आईसीसी प्रतियोगिता (पुरुष र महिला) प्रभावित हुने आधिकारिक कारण दिइएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।