image
image
दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा हुनेवाला केही छैन : चित्रबहादुर केसी

दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा हुनेवाला केही छैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा केही उपलब्धी हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए । 

उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए । बुढानिलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नु भएको छ । अब दुईवटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन् । मुखको तितो पोख्ने मात्र हो ।’

पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए । उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा शुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला । तपाई कति पटक बालकोट जानुभयो, कति पटक बुढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ रु पछिल्लो पटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो ।’ धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएको पनि केसीले टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।