अन्तत: तीन महिनापछि बन्द हुने भए हलहरु
काठमाडौँ। सरकारले कोरोनाको न्यु भेरिएन्टको जोखिम कम गर्न बैशाख मासान्तसम्म सबै फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हलसहित भीडभाड हुने सबै क्षेत्र बन्द गर्ने निर्देशन दिएको हो ।
लामो समयको लकडाउनपछि गत पुस २६ गतेदेखि खुलेको फिल्म हलहरु तीन महिनापछि पुनः बन्द हुने भएका हुन् । सरकारले उक्त मितिमा ५० प्रतिशत अकुपेन्सीसहित फिल्म हल संचालन गर्न दिने निर्णय गरेको थियो ।
भीडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न कठिन हुने भन्दै मन्त्रिपरिषद्ले शिक्षण संस्थाहरु, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा समारोह, हाटबजार, दर्शकसहितका रंगशाला र जुलुस बन्द गर्ने निर्णय गरेको हो ।