image
image
युरोकप:  क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त

युरोकप:  क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त

 

काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदै छ ।

ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

ईङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।  

इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।

स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ । १९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।