image
image
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, सचेतनामूलक कार्यक्रम गरि मनाइँदै

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस, सचेतनामूलक कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । 

यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दै छ । साथै,  प्रहरीले वर्षभरी नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दै छ । 

यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोगना गर्दै छन् । हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ । 

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरु यूवा वर्ग नै रहेका छन् । राष्ट्रका निधि उनिहरुलाई लागू औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो । किनभने युवाहरु लागूऔषधको प्रयोगमा लागे भने उनिहरुलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञहरुले धारणा राखेका छन् ।  

विश्वमा पछिल्लो एक शताब्दीबाट लागुऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ । 

सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागुऔषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बर भन्दा धेरै भएको अनुमान छ । 

खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्ला लागूऔषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गैरहेको पाइन्छ भने सिमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भैरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुँने गर्दछन् भने उनिहरु विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ ।  अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गैरहेको पाइन्छ  । 

नेपालमा पनि सन् १९६० पछि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गैरहेको पाइन्छ । नेपालका विभिन्न शहरहरुमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ । तसर्थ यो समस्या न्यूनिकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।