image
image
टी–२० विश्वकपः अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

टी–२० विश्वकपः अमेरिकामाथि दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । दक्षिण अफ्रिकाले सुपर आठ अन्तर्गतको खेलमा अमेरिकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । अमेरिकाका लागि आन्द्रिज गोउसले सर्बाधिक ८० रन बनाएका थिए भने हर्मीत सिंहले ३८ रन बनाए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउदै १९४ रन बनाएको थियो । जसमा क्वेंटन डिककले सर्बाधिक ७४ रन बनाए भने कप्तान एडेन मार्क्रमले ४६, हेनरिक क्लासेनले ३६ तथा ट्रीस्टान स्टब्सले २० रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठको समुह १ मा २ अंक हासिल गरेको छ । अब दक्षिण अफ्रिकाले अर्को खेल जुन २१ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन २२ मा वेस्ट इन्डिजसँग खेल्ने छ ।
        
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।