image
image
रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलसँग आक्रमक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।जारी टी–२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।

नेपाल र बंगलादेशविरुद्धको खेलमा बलिङ गर्ने क्रममा सकिबले खेलको तेस्रो ओभरपछि आक्रामक हुदै भनाभन गरेका थिए । आइसीसीले सकिबले खेलको तेस्रो ओभरपछि नेपालका कप्तान रोहित पौडेलको नजिक गएर आक्रामक व्यवहार देखाउदै गलत तरिकाले फिजिकल सम्पर्क गरेको उल्लेख गरेको छ ।

त्यसपछि दुवै खेलाडी बीच भनाभन भएको र एम्पायरले दुवैलाई अलग गरेका थिए । सकिबको गलत व्यवहार बारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए । आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।