image
image
वैदेशिक रोजगारः एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेशिए

वैदेशिक रोजगारः एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेशिए


काठमाडौं । वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । 

जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । 

रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै ९कोरिया० ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । 

जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । विदेश जानेमध्ये सबैभन्दा बढी युएई गएको विभागले जनाएको छ । जेठ महिनामा मात्र २० हजार ४२४ जना युएई गएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।