image
image
युद्धग्रस्त इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

युद्धग्रस्त इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा

काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ । सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् । 

प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पु¥याएको भन्दै उनीहरुले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम बिष्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । 

इजरायलविरुद्ध निस्किएका विरोध ¥यालीहरुमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ । सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ । 

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ । इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।