image
image
फिल्म 'मोदीबेनी' को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक

फिल्म 'मोदीबेनी' को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई, सरोज अर्याल, दीलिप केसी, लाबिस, अनामिका लामिछाने लगायतको फिल्ममा अभिनय छ । यस फिल्मबाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।कुशल सम्पादक रहेका कोइरालाको फिल्म निर्देशनमा यो डेभ्यु फिल्म हो । 

पर्वत जिल्लाको धार्मिक क्षेत्र मानिने मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनाइएको बताइएको छ फिल्ममा आनन्द बिक्रम क्षेत्रीको कथा, पटकथा र संवाद छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ छन् । फिल्ममा भरत रेग्मीको सम्पादन रहेको छ भने फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका तथा एफडीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।