image
image
टी–२० विश्वकपः अस्ट्रेलियासँग ओमान  पराजित

टी–२० विश्वकपः अस्ट्रेलियासँग ओमान  पराजित


काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो । ओमानका आयान खानले ३६ रनको पारि खेले । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए ।

यसगरी कप्तान अकिब इलियासले १८ बलमा १८ रनको पारि खेल्दा एक छक्का र दुई चौका हिर्काए । मेहनर खानले १६ बलमा २७  रन बनाए । उनले २ छक्का र १ चौका प्रहार गरे । साकिल अहमेदले ११ रन बनाउँदा कलिमुल्लाहले ६ रन जोडे ।ओपनर कश्यप प्रजापति ७ रनमा आउट हुँदा खलिद काली ८ रनमा पभेलियन फर्किए ।अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए ।

मिचेल स्टार्कले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा मार्कस स्टोइनिसले २ ओभरमा ७ रन दिएर २ विकेट हात पारे । नाथन इलियसले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए ।टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन को योगफल बनाएको थियो । स्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले । उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए ।

 यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले । उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए । ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए । ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो । ओमानका मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १–१ विकेट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।