जोन्टा कल्ब अफ काठमाडौँको द्विवार्षिक कार्यक्रम सम्पन्न
काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौँले नयाँ काष्ठमन्डप क्लबको चार्टर्ड गर्दै २०२२ देखी २०२४ को द्विवार्षिक कार्यक्रम लैनचौरको मल्ल होटलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्लबको निवर्तमान अध्यक्ष आभा शाहले आफ्नो दुई वर्षे कार्यकाल समापन गरेर नयाँ अध्यक्ष चयन गर्दै विना राणालाई कार्यभार हस्तान्तरण गरेकी थिइन् । उनले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराइन् । अनेकौं चुनौतिको समयमापनि दृढ़ संकल्प र अटुट साहसका साथ उनले जोन्टा कल्ब अफ काठमाण्डौँले गरेका उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराएकी थिइन् ।
सो समारोहमा नव–निर्वाचित विना राणाले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गरिन् । काष्ठमण्डप क्लबको अध्यक्षको रुपमा सलोनीका सिंहले आफ्नो कार्यभार ग्रहण गरेकी छन् । उक्त समारोहमा नयाँ सदस्यहरुलाई औपचारीक रुपमा स्वागत गरिएको थियो ।
जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो। नेपालमा विगत दश वर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, लैङ्गिक हिंसा र विभेद लगायत बिभिन्न क्षेत्रमा काम गरिरहेकोको छ ।