image
image
राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता, इजरायलका महिला उद्यमीद्वारा प्रशंसा

राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता, इजरायलका महिला उद्यमीद्वारा प्रशंसा


काठमाडौं । राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता उल्लेख्य रहेकोप्रति  इजरायलका महिला उद्यमीहरुले प्रशंसा गरेका छन् ।महिला उद्यमी महासंघको निमन्त्रणमा दुई दिने भ्रमणका लागि नेपाल आएको इजरायलको  चेम्बर्स अफ कमर्शका प्रतिनिधिमण्डलले राजनीतिदेखि उद्योगलगायत क्षेत्रमा नेपाली महिलाहरुको सहभागीताको खुलेरै प्रशंसा गरेका हुन् । इजरायलका १८ महिला उद्यमी नेपाल आएका हुन् ।

नेपाली महिला उद्यमीसँगको भेटमा इजरायली चेम्बर अफ कमर्शका अध्यक्ष एनट बर्नस्टिन रिचले नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागीता विश्वकै लागि उदाहरणीय रहेको बताइन् । महिला उद्यमी महासंघी अध्यक्ष शोभा ज्ञवालीका अनुसार, अध्यक्ष रिचले इजरायलमा शिक्षा, रोजगारी, व्यापार, उद्योग लगायतमा महिला सहभागीता उल्लेख्य रहेपनि राजनीतिमा १० प्रतिशतमात्रै उपस्थिति हुनु चिन्ताको विषय भएको बताएकी थिइन् । सहभागीता बढाउन प्रयासरत रहेको उनको भनाइ थियो ।

इजरायली प्रतिनिधिमण्डलसँगको भेटमा नेपाली महिला उद्यमीहरुले प्राविधिक सहायता, प्रशिक्षण कार्यक्रम, लगानीका अवसर, विनिमय कार्यक्रमलगायतबारे जानकारी लिएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । आपसी सहायता र पारस्परिक हितका लागि सहकार्य गर्न दुवै पक्ष सहमत भएको उल्लेख गर्दैै उनले इजरायलको अत्याधुनिक कृषि प्रणाली र पर्यटनको क्षेत्रमा नवीन रणनीति नेपालका लागि अनुकरणीय रहेको बताइन् ।

नेपाली महिला उद्यमीलाई नवीनतम सीप र ज्ञानको साथ सशक्तिकरण गर्न कार्यशालाहरू र प्रशिक्षण सत्रहरू सञ्चालन आवश्यक रहेको इजरायली प्रतिनिधिमण्डलको भनाइ थियो ।भ्रमणका क्रममा उनीहरुले उन्नतर आधुनिक कृषि प्रणाली, कृषि र पर्यटनको क्षेत्रमा लगानी, आपसी सिकाइ र सांस्कृतिक आदानप्रदान आवश्यक रहेकामा जोड दिएका थिए ।जवाफमा नेपाली महिला उद्यमीले सम्भावित अवसरबारे इजरायलसँग छलफल गर्न तयार रहेको जानकारी गराएको अध्यक्ष ज्ञवालीले बताइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।