image
image
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन

काठमाडौँ । सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन् । साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।

अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गरिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो सलमान स्टारर फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा, मे ९ मा, निर्माताहरूले फिल्मसँग सम्बन्धित अर्को घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन्। फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकंदर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए  । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।