image
image
आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । 

यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको सरकारले नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले दुई हप्तासम्म अभियान नै सञ्चालन गरी देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाउने विभागले जनाएको छ । 

नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइँदै छ । यस्तै २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई पनि सरकारले खोप लगाउने भएको छ । ति बालबालिका सन् २०१६ देखि २०१८ को बीचमा खोप उत्पादन नहुँदा ‘आइपीभी’ लगाउनबाट बञ्चित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।