युके भेरियन्टको जोखिममा बालबालिका, तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए
काठमाडौँ। नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । अहिले युवा तथा बालबालिकामा युके भेरियन्ट संक्रमणको जोखिम बढेको बताइएको छ ।
बिहिबार ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा १० देखि १९ वर्ष उमेर समूहका ४० र ९ वर्ष उमेर समूहका १२ जना रहेका छन् ।
बुधबार ६०३ जनाका कोरोना संक्रमण पुष्टि हुँदा १९ वर्ष मुनिको उमेर समूहका ७० जनामा कोरोना पुष्टि भएको थियो ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १० वर्ष उमेर समूहका बालबालिकामध्ये ६ हजार ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी ११ देखि २० वर्ष उमेर समूहका १ लाख ८ हजार ४०८ जनामा कोरोना पुष्टि भएको छ ।