image
image
गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन् मोटोपना !!

गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन् मोटोपना !!

 


काठमाडौं ।महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन् ।

उनीहरु तौल सन्तुलनका लागि समय पाउदैनन र मोटो शरिर लिएर बसिरहेका हुन्छन् । यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।तर, यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईलाई केही टिप्स बताउने छौं, जसले तपाईको शरिरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्यत गर्नेछ ।

यसरी घटाउनुहोस मोटोपना
यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ। तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो।

 हामी यो मान्दैछौं कि घरको कामले तपाईलाई फुर्सद हुदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिडन सुरु गर्नुहोस् । विस्तारै बिस्तारै हिडाईको गतिलाई क्रमशः अघि बढाउनुहोस र समयलाई पनि बढाउनुहोस । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ ।

यो होइन कि जुन सुकै काम र हिडाई तिव्र गतिमा गर्नुपर्छ तर आफनो क्षमता अनुसार हिडाईको गतिलाई अघि बढाउनुहोस । मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस र न दौडनुहोस । यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस ।

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस् ।

तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस् । यसका लागि तपाईलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।