image
image

यस्ता मानिसले खान हुन्न कागती पानी


काठमाडौँ ।  कागती वजन गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि निकै उपयोगी मानिन्छ  ।संसारमा हरेक कुराको उपयोगितासँगै असर पनि हुन्छ । त्यसैगरी कागतीको सेवनले पनि कसैलाई फाइदा पुर्याउछ त कसैलाई वेफइदा पुर्याउछ ।          

 मानिसले  विहान उठेपछि कागती पानी खान्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि हुन्छ।पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । 

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनजान्छ। यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग नगर्नु नै राम्रो हुन्छ । 

कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पुर्याउन सक्छ   । यसको अत्याधिक प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ । यसका साथै पटक पटक पिसाब आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । 
 
त्यस्तै धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा नै राम्रो हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।