image
image
स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु

स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु


काठमाडौं । निकै महंगोमा बिक्रि हुने कुरिलो खेतीमा समेत पछिल्लो समय मानिसहरुको आकर्षण बढ्दै गएको छ ।कुरिलो स्वास्थ्यका हिसाबमा निकै उपयोगी वनस्पति हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।कुरिलो स्वास्थ्यका एकदमै लाभदायक हुन्छ ।

कुरिलो जंगलमा पाईने एकप्रकारको घाँस हो । तर यसको माग बजारमा धेरै भएपछि अहिले यसको व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको स्वाद निकै मिठो हुन्छ । यो सबैको लोकप्रिय तरकारी हो । यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै लाभलायक हुन्छ ।यो एक प्रकारको जडिबुटी पनि हो ।

यसलाई आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । यसले बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता जस्ता रोगहरुबाट मुक्ति दिलाउछ । कुरिलो खानुका फाईदाहरु यसप्रकार रहेका छन् ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यसको नियमित सेवनले स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा म’हिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौ’न दु’र्बलता हटाउन मदत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।