image
image
सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समुहले सलमानलाई यस अघि पनि पटक पटक धम्कि दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।