image
image
अरुणभ्याली हाइड्रोपावरको सेयर लिलामी बिक्रीमा

अरुणभ्याली हाइड्रोपावरको सेयर लिलामी बिक्रीमा


काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० लाखको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा २० लाख कित्ता सेयर बिक्री नभएकोले उक्त सेयर लिलामी गर्ने भएके हो ।  १ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो ।बिक्री नभएको सो सेयर कम्पनीले वैशाख १० देखि लिलामी बिक्री गर्ने भएको छ । 

सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह पनि गरेको छ ।वैशाख १० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।

क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।