image

  पछिल्लो २४ घण्टामा ५१७ लाई कोरोना पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३८६ जनामा पिसिआर गर्दा ४६० र ८१७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा १५३ जना निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।