image
image
महिला उद्यमी महासंघ र एनसेलबीच क्षमता अभिवृद्धि गर्न समझदारी

महिला उद्यमी महासंघ र एनसेलबीच क्षमता अभिवृद्धि गर्न समझदारी

 

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल र एनसेलले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने उदेश्य राखेको छ ।

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकीे कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए ।

नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।