image
image
विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने

विश्व बैंकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने

काठमाडौं । आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । आज विश्व बैंकले सार्वजनिक गरेको ‘साउथ एसिया डेमलपमेन्ट अपडेट’मा निजी क्षेत्रको लगानी बढ्न नसकिरहेको बेला पनि पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले यस वर्ष ३।३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण उल्लेख छ ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स निरन्तर बढिरहेकाले निजी उपभोगसमेत बढ्ने सम्भावना रहेको बताइएको छ । यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेकोमा अहिले केही घटाएको हो । सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण पनि विश्व बैंकको छ ।विश्व बैंकले ’सुधाारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले यस्तो प्रक्षेपण गरेको हो ।

यद्यपि यो प्रक्षेपण बहुचुनौतीसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्‍याउन बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।