image
image
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘लकइन’ अवधि आज सकिँदै

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘लकइन’ अवधि आज सकिँदै


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन समयावधि आज सकिने भएको छ । आज कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरू तथा कर्मचारीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३।५ कित्ता लकइनमा राखिएको सेयरको अवधि चैत आज सकिएको जनाएको हो ।

जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ एकापसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्ष पहिले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो ।

लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।