रूपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ। बुटवल रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत् दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरूष र रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो।
गत चैत २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका पुरूषको सोमबार बिहान सवा सात बजे मृत्यु भएको गौतमले जानकारी गरेका छन्।
त्यस्तै, तिलोत्तमाकी महिलाको पनि बिहान साढे सात बजेतिर मृत्यु भएको हो। उनी गत चैत २३ गते अस्पताल भर्ना भएकी थिइन्।
मृतक दुवै जनामा कोरोना संक्रमणसँगै निमोनियाको समस्या रहेको प्रवक्ता गौतमले बताएका छन्।