image
image
शेयर बजारमा झिनो अंकको सुधार, १४८ कम्पनीको शेयर मूल्य बढ्यो

शेयर बजारमा झिनो अंकको सुधार, १४८ कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ । कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ । ७३ लाख ४१ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड १७ लाख ९८ हजार ९ सय ७६ रुपैयाँ ५ । आइतबार कारोबार सूचक ११.८३ अंकले घट्दै २०६९.०४ विन्दुमा रहँदा पनि ३ अर्ब ३१ करोड ९८ लाख ८६ हजार ९ सय ११ रुपैयाँको कारोबार भएको थियो । 

सोमबार १४८ कम्पनीका सेयरमूल्य बढेको छ भने ८५ को घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । आज १३ उपसमूहमा वाणिज्य बैंक, उत्पादन तथा प्रशोधन, लगानी र निर्जीवन बीमाबाहेकका सबै बढेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ ।  सर्वाधिक नोक्सानीमा मानुषी लघुवित्तका लगानीकर्ता छन् । एनएमबि बैंक, सिंगटी हाइड्रो इनर्जी, माण्डू हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीका सेयर  धेरै घट्नेका सूचीमा छन् ।

आज सप्तकोशी विकास बैंक, पिपुल्स पावर र धौलागिरी लघुवित्तको सेयर सर्किटस्तरमा बढोत्तरी भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज पनि शिवम् सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै गुर्खाज फाइनान्सको १९ करोड ७८ लाख र सोनापुर मिनरल्सको १३ करोड ८ लाखको सेयर किनबेच भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।