शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल सुरु
काठमाडौं । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ ।
महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले सरोकारवालालाई बोलाएर छलफल गरिएको। शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएका छन्।
बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्रले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेको हो।
बोर्डिङ स्कुलहरुको छाता संस्था प्याब्सनले भने सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिकाराम पुरीले स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउँदै आइरहेका छन् ।