image
image
हाथवे इन्भेष्टमेण्टको ‘लक इन’ अवधि आज समाप्त हुँदै

हाथवे इन्भेष्टमेण्टको ‘लक इन’ अवधि आज समाप्त हुँदै


काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड (HATHY) को ‘लक इन’ अवधि आज (चैत १ गते) पश्चात समाप्त हुने भएको छ। कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो।

त्यसैगरी, यसै महिनामा अन्य ३ कम्पनीहरुको पनि ‘लक इन’ अवधि सकिँदैछ। यस महिनामा सिंगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुर मिनरल्स एण्ड आयलको ‘लक इन’ अवधि सकिने भएको हो।

सूर्यज्योति लाइफ इन्स्योरेन्स (SJLIC) को ‘लक इन’ अविध चैत २० गते सकिँदैछ। कम्पनीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर ‘लक इन’ मा छ। जसमध्ये १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक समूहको शेयर रहेको छ भने ३७ लाख ९१ हजार ५१ कित्ता शेयर संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर रहेको छ। बाँकी २ लाख ९९ हजार २९३.५० कित्ता भने कर्मचारीहरुका लागि सुरक्षित गरिएको शेयर रहेको छ।

त्यस्तै, सोनापुर मिनरल्स (SONA) ले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको शेयरको ‘लक इन’ अवधि चैत २३ गतेपश्चात सकिनेछ। कम्पनीले सामूहिक लगानी कोषहरुसँग कम्पनीको ४ लाख २ हजार १९ कित्ता साधारण शेयर छ।

सिंगटी हाइड्रो (SHEL) को ‘लक इन’ अवधि चैत २६ गतेपश्चात सकिने भएको छ। कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको १४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको ५८ हजार कित्ता शेयर ‘लक इन’ मा छ।

‘लक इन’ अवधि समाप्त भएपश्चात यी कम्पनीहरुको सो शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।