image
image
करिब ३ खर्ब शोधनान्तर बचत , चालु खाता १ खर्ब ६२ अर्ब बचतमा

करिब ३ खर्ब शोधनान्तर बचत , चालु खाता १ खर्ब ६२ अर्ब बचतमा


काठमाडौं । माघमा शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ ।

गत आव २०७९/८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ । जसले गर्दा अन्य अवस्था यथावत हुँदा पनि चालु खाता बचत बढ्न नसकेकेको हो ।

यस्तै चालु आव सात महिनामा पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक छ ।

गत आव सात महिनामा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक थियो ।

शोधनान्तर बचत ३ खर्ब नजिक

रेमिट्यान्स औसतभन्दा कम आउँदा शोधनान्तर बचत वृद्धिदर पनि केही कम भएको छ । तर, माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सात महिनामा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।